default_image

2 hours ago

September 21, 2024

चेस ओलम्पियाडमा विवेक दोश्रो

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङले उत्कृष्ट प्रदर्शन गरेका छन्।

विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । योसँगै सिएम विवेकले नौ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघकाले जनाएको छ । उनले ३ सय युरो पुरस्कार प्राप्त गरे। 

‘नेपाल बुद्धिचाल महासंघले गर्दा सहभागी हुने मौका पाए।‌ दोश्रो स्थान प्राप्त गरे । थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ’, विवेकले पदक जितेपछि भने। 

अस्ट्रेलियबाट सहभागिताका लागि हंगेरी पुगेका   उनले थपे, ‘  यो जित मेरो आमाबुबामा समर्पित गर्न चाहन्छु। चेस ओलम्पियाड सबैभन्दा बलियो चेस प्रतियोगिता हो। भिसाका कारण नेपालबाट अन्य खेलाडीले भाग लिन पाउनु भएन। त्यसमा दुःख लागेको छ।’

तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आइएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका हुन् । विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ।

विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यो‌ प्रतियोगिताबाट १७  रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन्। यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन विवेक सफल भएका थिए।

अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन्। 

विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, विलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्। 

September 19, 2024

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]

September 17, 2024

ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली‌ टोलीको पटक‌ पटकको‌ प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका […]

September 13, 2024

कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । […]

Success

Thank you for your time.