default_image

5 months ago

September 21, 2024

मधेश युनाइटेडकाे ट्यालेन्ट हन्टबाट छानिइन् मीना

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ ।

शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो ।

एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित थिए । तर ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमहरु अनुसार मिना छनोट भएकी हुन् ।

विनिताले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा मधेश युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

ट्यालेन्ट हन्टबाट खेलाडी छनोट भएपछि मधेशकाे १२ सदस्यीय टोली पुरा भएकाे छ । आयोजकको नियम अनुसार हरेक टोलीमा कूल १२ खेलाडी हुनेछन् । जसमा मार्की खेलाडीसहित ८ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो भने तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ ।

मधेशले विदेशी खेलाडीमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।  

यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन् । ट्यालेन्ट हन्टपछि आफ्नो टिमको कोटा पूरा भएको र टिम उत्कृष्ट बनेको मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले जनाएका छन् ।

मधेश युनाइटेड :

निरुता ठगुन्ना, संगम महतो, शान्ति कला तामाङ, पुजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री, कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी, जिनी कोभात, मीना चौधरी (ट्यालेन्ट हन्ट)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.