8 years ago
February 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो ।
स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक जोड्दै विजयी भए । सोही स्कुलका सौरभ पोख्रेल दोस्रा र कंचनजंगाका डल्लुका प्रमित अमात्य तेस्रा भए । ब्बाइज जुनियरतर्फ अन्नपूर्णका प्रवेश लामा साढे ४ अंकका साथ विजयी भए । दिपज्योति स्कुल गोंगबुका जनिल मिया दोस्रा र पायोनियरका मन्दिप राई तेस्रा भए ।
सिनियर गल्र्सतर्फ पायोनियरकी आभा पुडासैनी विजयी भइन् । सोही स्कुलकी अनिषा न्यौपाने दोस्रा र त्रियोग उच्चमाविकी तेजस्वीनि तामाङ्ग तृतीय भइन । गल्र्स जुनियरमा आयोजक स्कुल सुप्रिया बुढाथोकी विजयी भइन् । ग्रीनल्यान्ड स्कुल धापासीकी सम्बृद्धि पाण्डे दोस्रा र अन्नपूर्णकी नेहा दास बानियाँ तेस्रा भइन् ।
दुई दिने प्रतियोगिताअन्तर्गत सबै विधाका विजेताले १ हजार ५ सय , दोस्रो हुनेले १ हजार तेस्रो हुने खेलाडीले ५ सय रुपैयाँ प्राप्त गरे । शनिबार एक दिने खुला फिडे रेटिङ्ग ब्लिट्ज प्रतियोगितापछि शुक्रबारका विजेतालाई पनि पुरस्कृत गरिने आयोजक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]