default_image

5 months ago

September 21, 2024

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्टबाट रितिका छनाेट

3357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वात्सल्य एभरेष्ट महिला लिग (एभिएल) काे टोली काठमाडौं स्पाइकर्सले ट्यालेन्ट हन्टबाट रितिका भट्ट छनोट भएकी छिन्।

दशरथ रंगशालामा शनिबार काठमाडौंका महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको ट्यालेन्ट हन्ट इभेन्टबाट ६.१ फिटकी रितिका भट्ट उत्कृष्ट खेलाडी र बिजेताको रूपमा छनोट हुन सफल भएकाे काठमाडौं स्पाइकर्सले जनाएकाे छ।

अब उनले काठमाडौं स्पाइकर्सकाे टोलीमा समावेश हुँदै वात्सल्य एभिएल महिला भलिबल लिगमा टिमको प्रतिनिधित्व गर्नेछिन्।

उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो।

ट्यालेन्ट हन्ट इभेन्टमा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना संघका सदस्य अन्जु श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा २६ का वडा अध्यक्ष ख्याम राज तिवारी र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको उपस्थिति रहेकाे थियाे ।

काठमाडौं स्पाइकर्सका प्रतिनिधिहरूले ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। यस इभेन्टबाट नेपालमा महिला खेलकुदलाई थप उचाइमा पुर्याउन योगदान गर्ने विश्वास काठमाडौं स्पाइकर्सले व्यक्त गरेको छन्।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले स्थानीय प्रतिभाको पहिचान र प्रवर्धन नै भविष्यको बलियो आधार रहेकाे र ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चालेको बताइन्।

काठमाडौं स्पाइकर्सले भलिबल खेलप्रति युवा पुस्ताको रुचि बढाउन र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई पहिचान गर्नका लागि यस्ता आगामी सिजनमाहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

काठमाडौं स्पाइकर्सले विदेशी खेलाडीकाे रुपमा बुल्गेरियाकी २४ वर्षीय सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरिसकेकाे छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा ६ टोलीको सहभागिता असोज १४ देखि १९ गते सम्म इडब्लुभिएल हुनेछ।

टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक– जगदीश भट्ट

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.