default_image

2 hours ago

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

76 views

0 Bookmark

सुनिल न्यौपाने,स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। 

चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ।

प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए।

चापाकोट ९ सुन्तलीटारस्थित गंगालाल माविको खेलमैदान हुने प्रतियोगितामा भाग लिन असोज १० देखि १८ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ।

प्रतियोगिताको विजेताले ३० र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। म्यान अफ दि सिरिजले ३ हजार, उत्कृष्ट ब्याटर र बलरले २ हजार तथा हरेक खेलको प्लेयर अफ दि म्याचले ५ सय रुपैयाँ पाउने छन्।

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

Success

Thank you for your time.