default_image

3 hours ago

September 20, 2024

बार्सिलोना मोनाकोसँग पराजित

575 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल हार बेहोरेको छ । पहिलो खेलमा नै पराजित हुने क्रममा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब मोनाकोसँग २-१ ले पराजित भएको हो ।

शुक्रवार बिहान सम्पन्न खेलमा घरेलु टोली मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिउचे र जर्ज इलेनिखेनाले समान १ गोल गरे । बार्सिलोनाका लागि लमिन यमलले सान्त्वना गोल गरे । खेलको ११औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

मोनाकोका लागि खेलको १६औं मिनेटमा अक्लिउचेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । बार्सिलोनाका लागि २८औं मिनेटमा यमलले गोल गर्दै खेलमा बराबरी बनाए । मोनाकोका लागि ७१औं मिनेटमा इलेनिखेनाले निर्णायक गोल गरे ।

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

Success

Thank you for your time.