default_image

8 months ago

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्।

श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌

नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा नेपाललाई १ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहुत नौ पदक दिलाएका थिए।

यस्तै श्रेष्ठकै नेतृत्वमा नेपालले सातौं एसियन कराते च्याम्पियनसिपमा २९ स्वर्ण, २५ रजत र ७ कास्य देशलाई दिलाएका थिए। यसैगरी युएस ओपन कराते च्याम्पियनसिप, टेक्ससमा एक स्वर्ण र एक रजत जित्दा पनि उनी नेपाली टिमका प्रशिक्षक थिए।

श्रेष्ठले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई कबड्डीका पार्वती राई भारतोलनका सञ्जय मर्हजनलाई‌ हराउँदै अवार्ड जिते।

अवार्ड जितेपछि उनले खेलाडी जीवनमा सागमा स्वर्ण जित्दा मनोनयनमा पर्न नसकेपनि प्रशिक्षकको रूपमा अवार्ड जित्न सफल हुँदा खुसी लागेको बताए।‌ उनले यो अवार्ड जित्दा खेलाडीहरू एरिका र शेखुु अलाम सहित राष्ट्रिय टिमलाई सम्झिए। साथै उनले यो अवार्ड आनप परिवारलाई समर्पण गरे।

अवार्डमा आज कुल दश विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको पुरूष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ। यसबाहेक अन्य विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।‌

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.