default_image

1 week ago

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

2149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ।

नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए।

एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले टोलीका सबैलाई एक्स स्टेपका जुत्ता र गिफ्ट भाउचर प्रदान गरेका थिए।

सो‌ अवसरमा‌ गत महिना काभा बीच भलिबल च्याम्पियनसिप स्वर्ण जित्ने पुलिसका कमला पुन‌ र मनीषा चौधरी, काभा नेसन्स लिगको रजत पदक विजेता टोलीलाई बधाई दिदै पुलिसलाई शुभकामना दिएको थियो।

एक्स स्टेपको जुत्तामा ६ महिनाको वारिन्टी दिइने एक्स स्टेप कोटेश्वरको संचालक‌ कम्पनी अस्त्र ट्रेडिङ प्रालिका प्रविण श्रेष्ठले जानकारी दिए ।

पुलिस काभा क्लब च्याम्पियनसिपका लागि भदौ २७ गते‌ माल्दिभ्स जाने बताइएको छ । पुलिसले च्याम्पियनसिपका लागि मात्र राष्ट्रिय टोली तथा एपिएफकी सरस्वती चौधरी, निरुता ठगुन्ना र टिप‌ टप न्यु डायमण्डकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।

कार्यक्रममा पुलिस टोलीका साथ सरस्वती र निरुता पनि रहेका थिए। काठमाडौं, धरान, पोखरामा गरि एक्स स्टेपको यो १२ औं आउटलेट रहेको बताइएको छ।

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

September 12, 2024

पाँचौं ढोरपाटन रनिङ कप असोज तेस्रो साता

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]

Success

Thank you for your time.