default_image

6 months ago

September 1, 2024

सिड्नी भलिबल लिगमा विशाल सम्मिलित टोली दोस्रो

1097 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ ।

सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो ।

पहिलो सेट २५–२३ ले जितेको प्रो भलिबलले दोस्रो र तेस्रो सेट २३–२५ र २२–२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा एक समय १६–२२ ले पछि परेको प्रोले पूनरागमन गर्दै २६–२४ ले जित निकाल्दा खेल पाँचौ सेटमा लम्बियो । प्रोले पाँचौ सेट ११–१५ ले गुमाउन पुग्यो ।

गत मेबाट सुरु भएको एसभिएलमा प्रो भलिबल एकेडेमीले १० खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको मुख्य इन्डोर भलिबल प्रतियोगिताको सेमिफाइनलमा जित निकालेपछि प्रो भलिबल एकेडेमी डिभिजन वानबाट बढुवा हुँदै पुरुष रिजर्भ लिगमा पुगेको छ ।

प्रोले लिग चरणमा एक र फाइनलमा हार बेहोर्यो । पुरुष रिजर्भ लिगपछि पुरुष प्रिमियर लिग हुनेछ । यस प्रो भलिबल एकेडेमीको सिनियर पुरुष टोली, सिनियस महिला टोली, डिभिजन ४, ३, २, १ टोलीसँगै यू–१४, यू–१६, यू–१८ टोली रहेका छन् ।

विशाल अष्ट्रेलियाको एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका राष्ट्रबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुन् । यसअघि दुर्ज कुमार राईले जर्मनीमा व्यवसायिक लिग खेलेका थिए ।

दुर्ज कुमारले सन् १९८२ को एसियन गेम्सपछि तत्कालिन पश्चिम जर्मनीमा गएर युरोपियन लिग खेलेका थिए । तत्कालिन पश्चिम जर्मनीका ओलम्पिक प्रशिक्षक माइकल ग्रेगरीले झन्डै दुई महिना नेपालमा प्रशिक्षण दिएपछि उनी छनोट भएर लिग खेल्न जर्मनी पुगेका थिए ।

महिलातर्फ भने कोपिला उप्रेती, निमा श्रेष्ठ, मन्जु गुरुङ, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको लिग तथा च्याम्पियनसिप खेलिसकेका छन् । दक्षिण एसियाली मुलुकका क्लबबाट नेपाली पुरुष खेलाडी इम राना, कुलबहादुर थापा, मानबहादुर श्रेष्ठ, हरि हजुर थापालगायतले खेलिसकेका छन् ।

यस्तै सरस्वती चौधरीले जापानमा तथा प्रतिभा र अरुणाले नेदरल्यान्ड्समा प्रशिक्षणको मौका पाएका थिए । विशालले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.