6 months ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ठकुरी समाज भलिबल समूहको आयोजनामा असोज पहिलो साता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
ठकुरी समाजले प्रेस वक्तव्य जारी गर्दै प्रतियोगिता असोज २ देखि ५ गतेसम्म शुक्लागण्डकी १२ बावियाँडाडाँ, तनहुँमा आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि ४ हजार शुल्क तोकिएको छ । विजेताले ५१ हजार नगद, कप, मेडल र प्रमाण पत्र पाउँनेछ । द्धितीय हुने टोलीले ३१ हजार नगद, कप, मेडल र प्रमाण पत्र पाउँनेछ । सेमिफाइनलमा स्थान बनाउँने टोलीले ११ हजार नगद, कप, मेडल र प्रमाण पत्र पाउँनेछ ।
आयोजकका अनुसार प्रतियोगिताका सबै खेल शुक्लागण्डकी १२ मा रहेको बावियाँडाडाँ खेल मैदानमा हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।