default_image

7 months ago

August 9, 2024

प्रिती जोमाको ब्रान्ड एम्बेसडर

787 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्

प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

‘नयाँ ब्रान्ड एम्बेसडरको‌ रुपमा प्रितीलाई‌ जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्छ। उहाँ नयाँ पुस्ताको
प्रेरणाको स्रोत हुनुहुन्छ।’

प्रितीले जोमाको ब्रान्ड प्रवर्द्धनमा भाग लिने बताइएको छ। यो सहकार्यले नेपालमा कपमा ब्रान्ड बिस्तार हुने विश्वास जोमा नेपालले विश्वास लिएको छ। अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड जोमा स्पेनिस उत्पादन हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.