9 months ago
August 9, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् ।
न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले ३ रजत पदक र ४ कास्य पदक जितेका हुन् ।
दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूह र टिम कुमुतेमा रजत पदक जित्न सफल भए । टिम कुमुतेमा रजत जितेका नविन रसाइलीले ६७ केजीमुनि तौल समूहमा कास्य हात पारे । नविन १३ औं सागका स्वर्ण पदक विजेता हुन्।
मलिका थापाले ५५ केजीमुनि, मनिष थापा र विजय श्रेष्ठले समान ६० केजीमुनि तौल समूहमा कास्य प्राप्त गरेको खेलाडी नविन रसाइलीले जानकारी गराए ।
एनएसडब्लु राज्य अष्ट्रेलियाबाट सहभागी भएकामध्ये राजकुमार रसाइली र सुजन श्रेष्ठ पदक विहीन बने राजकुमारले ७५ केजीमुनि र सुजनले ८४ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।
दिवस १३औं सागका रजत विजेता तथा राजकुमार टिम कुमुतेका कास्य विजेता खेलाडी हुन् ।
च्याम्पियनसिप भिक्टोरिया राज्यको मेलवर्नस्थित जिलोङमा २ देखि ४ अगस्टसम्म सञ्चालन भएको थियो । पछिल्लो समय अष्ट्रेलियामा रहेका नेपाली खेलाडीहरु विभिन्न च्याम्पियनसिपमा सहभागी हुदै आइरहेको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]