7 months ago
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ ।
माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई १९–२१ ले नतिजा सुम्पन पुग्यो । दोस्रो सेटमा पनि नेपालले बलियो चुनौती पेश गरेपनि माल्दिभ्सलाई १७–२१ ले नतिजा सुम्पन पुग्यो ।
यसअघि महिलातर्फ नेपालको महिला जोडी कमाल पुन र मनिषा चौधरीको जोडी काभा बिच भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।
कमला र मनिषाको जोडीले उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो । नेपालले २१–१७ र २१–१४ को सोझो सेटमा जित निकाल्यो ।
नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न सफल भएको हो । यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।
बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको छ ।
नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।