default_image

7 months ago

August 2, 2024

श्रीलंकामाथि इरानको रोमाञ्चक जित

2108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ ।

इरानले श्रीलंकामाथि ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।

सुरुवाती दुई सेट जितेर सहज जिततर्फ अघि बढेको इरानले त्यसपछि दुई सेट गुमाँउदा पाँचौं सेटमा जित निकाल्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलको पहिलो सेट इरानले २५–२० ले आफ्नो पक्षमा पार्यो । त्यसपछि दोस्रो सेट पनि सहजै २५–१२ ले जित्दा इरान सहज जिततर्फ अग्रसर बन्यो ।

तर, तेस्रो र चौथो सेटमा श्रीलंकाले सुधारिएको खेल पस्कदै २५–२२ र २५–१३ को जित निकाल्दा खेल पाँचौ सेटमा लम्बियो । पाँचौ सेटमा एक समय श्रीलंका दुई अंकले अघि रहेपनि त्यसलाई जोगाउन नसक्दा इरानले १५–११ को सेटमा जित निकाल्यो ।

यस जितसँगै इरानले दुई खेलबाट २ अंक बटुलेको छ। लगातार दोस्रो हार बेहोरेपनि इरानबाट अंक खाेसेकाे श्रीलंकाले १ अंक जाेडेकाे छ । यसअघि इरान पहिलो खेलमा भारतसँग ३–१ को सेटमा तथा श्रीलंकाले नेपालसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो । आज नै भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । भारत र नेपालको समान ३ अंक छ ।

च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.