7 months ago
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ ।
सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै सोझो सेटमा नै हार बेहोरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलको पहिलो सेट सम्झन लायक हुन सकेन । नेपालले पहिलो सेट २५–१४ ले गुमायो ।
दोस्रो सेटमा नेपालले अन्त्यतिर बलियो चुनौती दिदै पुनरागमनको प्रयास गरेपनि नतिजा २५–२३ ले सुम्पन पुग्यो । तेस्रो सेटमा पनि नेपालले रसियालाई बलियो चुनौती पेश गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । नेपाल तेस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो ।
तुलनात्मक रुपमा बलियाे र अग्ला कदका रसियाविरुद्ध नेपालले स्पाइक र ब्लकमै अंक जाेड्दै नेपालमै आयाेजा हुन लागेकाे काभा नेसन्स लिगकाे लािग तयार रहेकाे संकेत दिएकाे छ ।
बलियो रसियाविरुद्धको दोस्रो खेलमा नेपालकी सरस्वती चौधरीले उच्च प्रदर्शन गरेपनि टोलीलाई जिताउन सकिनन् । नियमित स्पाइकर निरुता ठगुन्नाले प्रदर्शन फितलो हुँदा अवसर पाएकी आरती सुवेदीले आँफुलाई प्रमाणित गरिन् ।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । अब नेपाली टोली काभा नेसन्स लिगको लागि तयारीमा जुट्नेछ ।
काभा नेसन्स लिग साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुदैछ । काभा नेसन्स लगमा आयोजक नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता रहनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।