default_image

8 months ago

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

2164 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ ।

फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौता अनुसार मानबहादुरले दुई वर्षमा झन्डै ९ लाख रुपैयाँ बराबरको सुविधा प्राप्त गर्नेछ । यसमा वर्षमा दुई पटक (दुई वर्षमा चार पटक) नेपाल–अस्ट्रेलिया तथा अस्ट्रेलिया–नेपालको हवाई सुविधा समावेश छ ।

सम्झौता कार्यक्रममा फेवा एजुकेशन एण्ड माइग्रेसनका अर्का निर्देशक दिनेश खनालको पनि उपस्थिति रहेको थियो ।मानबहादुर पछिल्लाे दुई साता यता अस्ट्रेलियामा रहेका छन् । उनले गत ३० जुनमा अस्ट्रेलियाको मेलवर्नमा आयाेजना भएको सर्वाधिक धनराशिको एक दिने ‘ग्लोबल मिट कप २०२४’ मा सहभागिता जनाएका थिए ।

म्याग्दी काली युनाइटेडबाट खेलेका उनले आफ्नो टोलीलाई च्याम्पियन बनाउन अलराउन्डर प्रदर्शन गरेका थिए । उनी उक्त प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । अस्ट्रेलिया आउनुअघि मानबहादुरले जापानमा भएको भलिबल प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । त्यसपछि उनी अस्ट्रेलिया आएका हुन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर नेपाली राष्ट्रिय पुरुष भलिबल टाेलीका ११औं कप्तान हुन् । उनी गत साउनमा नेपाली टाेलीकाे कप्तान बनेका थिए । सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् ।

उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए । त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो । सन् २०१९ मा नेपालमै सम्पन्न सेन्ट्रल जोनमा बाहेक उनी राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका छन् ।

मानबहादुर १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बिच भलिबल टोलीका कप्तान थिए । उनी र दिल सुनारकाे जाेडीले दुई वर्षअघि काभा बिच भलिबलमा नेपाललाई रजत पदक दिलाएका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.