7 months ago
July 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।
संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै संघले एभरेस्ट भलिबल क्लबका अर्जुन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । जुनु पुन टोलीको व्यवस्थापक रहेका छन् ।
महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा चिनिएका राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक बनेका थिए । एसियन भलिबल च्याम्पियनसिपका लागि टोलीले प्रशिक्षण सुरु गरेपनि कोराना भाइरस (कोभिड–१९) का कारण च्याम्पियनसिप नै रद्ध भएको थियो ।
उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, कृपा अधिकारी, रिमा कुँवर, प्रगति नाथले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । रिमा र प्रगतिले गत वर्ष नेपालमै आयोजना भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप दौरान डेब्यु गरेकी थिइन् ।
प्रशिक्षक राईले २०६४ जेठ ५ गते न्यु डायमण्ड एकेडेमीमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आइरहँदा यो अवधिमा थुप्रै उपाधि जितिसकेका छन् । उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक समेत चुनिएका छन् ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहति चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ । १७ जुलाईमा टेक्निकल मिटिङ रहनेछ ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम १२ सदस्यीय टोली छनोट भइसकेको छ । संघले यसै साता काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरेको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्विनी प्रदेशबाट ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ र एन्जिला प्रधान न्यु डायमण्डकी हुन् । मिना सुनार, अनुषा चौधरी, निशा चौधरी र आरती चौधरी एभरेस्ट भलिबल क्लबका तथा स्नेहा ठगुन्ना आर्मी र आशिका क्षेत्री पुलिसकी हुन् ।
अन्तिम टोली
सलिना बुढा मगर (स्पाइकर – न्यु डायमण्ड), जेनिशा विश्वकर्मा (स्पाइकर – न्यु डायमण्ड), एलिसा मानन्धर (स्पाइकर – न्यु डायमण्ड), निशा महर (स्पाइकर – न्यु डायमण्ड), भावना तामाङ (सेटर – न्यु डायमण्ड), एन्जिला प्रधान (लिवेराे – न्यु डायमण्ड), निशा चौधरी (लुम्विनी), आरती चौधरी (लुम्विनी), मिना सुनार (स्पाइकर – लुम्विनी), अनुषा चौधरी (सेटर – लुम्विनी), स्नेहा ठगुन्ना (आर्मी) र आशिका क्षेत्री (पुलिस)
वैकल्पिक खेलाडी – सोइङ थापा, स्पाइकर (गण्डकी), प्रतिभा चौधरी सेटर (लुम्विनी), रेविका लामा तामाङ, मिडल ब्लकर (बागमती), मोनिका विष्ट, लिवेरो लुम्विनी र जिना राना, स्पाइकर (लुम्विनी)
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टिम व्यवस्थापक – जुनु पुन
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]