default_image

8 months ago

July 4, 2024

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

2686 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग घरेलु भुमिमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ ।

नेपालस्थित रसियन दूतावासको सहयोगमा रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।
नेपाली टोली नेपालमै आगामी अगस्ट १ देखि ७ सम्म आयोजना हुन लागेको महिला भलिबल नेसनल लिगको तयारीमा रहेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १० महिनापछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेको हो । नेपाली टोलीले गत वर्ष २३ सेप्टेम्वर देखि ८ अक्टोवर २०२३ मा चीनमा भएको एसियन गेम्समा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।

महिला टोलीको बन्द प्रशिक्षणमा १९ जना रहेपनि मिना सुनार र अनुषा चौधरीले माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल लिग खेल्ने निर्णग गर्दै यु–२० टोलीमा सामेल भएका छन् ।

प्रशिक्षणमा रहेका खेलाडी
अरुणा शाही (कप्तान) सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, साफिया पुन, पुनम चन्द, संगम महतो, कविता भट्ट, प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, आरती सुवेदी, सलिना श्रेष्ठ, शान्तिकला तामाङ र सुमित्रा रेग्मी
मुख्य प्रशिक्षक – जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक – भरत यादव र रुपेश विष्ट
टिम व्यवस्थापक – निलम बज्राचार्य

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.