8 months ago
July 1, 2024
मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय अस्ट्रेलियन डलरसहित ट्रफी प्राप्त गरे ।
मान बहादुर यसै भलिबल प्रतियोगिताका लागि शुक्रबार मात्रै जापानबाट अस्ट्रेलिया आइपुगेका थिए । उनी जापानमा पनि नेपाली समुदायले आयोजना गरेको भलिबल प्रतियोगितामा सहभागी भएका थिए ।
म्याग्दी कालीकै टेक राज अवस्थी उत्कृष्ट स्पाइकर र ब्लकर घोषित भए । दि गोर्खा स्पोर्ट्स क्लबका बिशाल बहादुर बिक उत्कृष्ट सर्भर बने । छन्त्यालका चिनु छन्त्याल सेटर तथा गणेश छन्त्यालले उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले समान ५० अस्ट्रेलियन डलरसहित ट्रफी प्राप्त गरे ।
छन्त्यालका होम भण्डारी सर्वाेत्कृष्ट खेलाडी घोषित भए । द गोर्खाका किसन गुरुङ स्पाइकर र प्रेम लामगाँदे उत्कृष्ट सेटर चुनिए । छन्त्यालका दीपक अधिकारी ब्लकर, र धन छन्त्याल लिवेरो घोषित भए । उनीहरुले समान ५० अस्ट्रेलियन डलरसँगै ट्रफी प्राप्त गरे ।
‘ग्लोबल मिट कप २०२४’
खुल्ला पुरुषमा
सर्वाेत्कृष्ट – मानबहादुर श्रेष्ठ (म्याग्दी काली)
स्पाइकर – टेक राज अवस्थी (म्याग्दी काली)
सर्भर – बिशाल बहादुर बिक (द गोर्खा)
ब्लकर – टेक राज अवस्थी (म्याग्दी काली)
सेटर – चिनु छन्त्याल (छन्त्याल)
लिवेरो – गणेश छन्त्याल (छन्त्याल)
३५ वर्षमाथि
सर्वाेत्कृष्ट – होम भण्डारी (छन्त्याल)
स्पाइकर – किसन गुरुङ (द गोर्खा)
सेटर – प्रेम लामगाँदे (द गोर्खा)
ब्लकर – दीपक अधिकारी (छन्त्याल)
लिवेरो – धन छन्त्याल (छन्त्याल)
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]