8 months ago
July 1, 2024
मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ ।
म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला पुरुषको फाइनलमा म्याग्दी कालीले छन्त्याल परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।
म्याग्दी कालीले २५–१९, २५–२१ र २५–१९ को सेटमा जित निकाल्न सफल भयो । खुल्लातर्फको विजेता बनेको म्याग्दी कालीले ५ हजार अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले २ हजार २ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
खुल्लामा म्याग्दी कालीका मान बहादुर श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले १ सय अस्ट्रेलियन डलरसहित ट्रफी प्राप्त गरे । म्याग्दी कालीकै टेक राज अवस्थी उत्कृष्ट स्पाइकर र ब्लकर घोषित भए ।
दि गोर्खा स्पोर्ट्स क्लबका बिशाल बहादुर बिक उत्कृष्ट सर्भर बने । छन्त्यालका चिनु छन्त्याल सेटर तथा गणेश छन्त्याल उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले समान ५० अस्ट्रेलियन डलरसहित ट्रफी प्राप्त गरे ।
यस्तै ३५ वर्षमाथिको फाइनलमा छन्त्यालले दि गोर्खा स्पोर्ट्स क्लब सिड्नीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । पहिलो सेट गुमाएको छन्त्यालले त्यसपछिको दुवै सेट आफ्नो पक्षमा पार्यो ।
३५ वर्षमाथिको विजेता छन्त्यालले १ हजार ५ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको दि गोर्खा स्पोर्ट्स क्लबले ७ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
छन्त्यालका होम भण्डारी सर्वाेत्कृष्ट खेलाडी घोषित भए । द गोर्खाका किसन गुरुङ स्पाइकर र प्रेम लामगाँदे उत्कृष्ट सेटर चुनिए । छन्त्यालका दीपक अधिकारी ब्लकर र धन छन्त्याल लिवेरो घोषित भए । उनीहरुले समान ५० अस्ट्रेलियन डलरसँगै ट्रफी प्राप्त गरे ।
एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा भएको ‘ग्लोबल मिट कप २०२४’ मा खुल्ला पुरुषमा ११ र ३५ बर्षमाथि ८ टोलीको सहभागिता रहेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।