8 months ago
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद – गण्डकी प्रदेश र बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । गण्डकी पुरुषमा तथा बागमती महिलामा च्याम्पियन बन्न सफल भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।
यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । गण्डकी समूह चरणमा ३–० को सोझो सेटमा पराजति भएको थियो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट गण्डकीले २५–१५ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । एक समय ६–१० ले पछि रहेको उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ को स्थितिमा ल्याए ।
त्यसबाट अघि बढेको गण्डकीलाई लुम्बिनीले रोक्नै सकेन । लुम्बिनीले केवल ३ अंक बटुल्दा गण्डकीले सेट आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा त्यस्तै स्थितिमा गण्डकीले सेट लुम्बिनीलाई सुम्पियो । २०–१६ को स्थितिमा गण्डकीले नतिजा लुम्बिनीलाई २०–२५ ले सुम्पिन पुग्यो । त्यसपछिको दुवै सेट गण्डकीले समान २५–२० र २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
महिलातर्फ लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमती च्याम्पियन बन्यो । बागमतीले खेल २५–२१, २५–१६ र २५–१८ को सेटमा जित्यो । बागमती अपराजित रहँदै च्याम्पियन बनेको हो ।
उपाधिसँगै गण्डकी र बागमतीले समान ३ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको लुम्बिनीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषमा सुदुरपश्चिम र महिलामा गण्डकी प्रदेश तेस्रो भएको छ । सुदुरले बागमतीलाई तथा गण्डकीले कोशीलाई हराएर तेस्रो स्थान हासिल गरेकाे छ। उनीहरुले समान १ लाख रुपैयाँ हात पारे ।
सहाना प्रधान फाउन्डेसनको आयोजनामा ९ गतेबाट सुरु भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सातै प्रदेशको सहभागिता रहेको थियो ।
दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।