9 months ago
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् ।
नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्ड तथा तेश्रो भएका सुशिलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्ड समय निकाले । दुवै आर्मीका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो तथा आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।
पूर्णलक्ष्मीले निर्धारित दूरी तय गर्न १ घण्टा ४७ मिनेट समय लगाइन् । आर्मीकी निर्मला केसी १ घण्टा ५० मिनेटमा दोश्रो तथा खोटाङकी प्रिया राई १ घण्टा ५१ मिनेट ०८ सेकेन्डमा तेश्रो भए । नेपाल प्रहरीकी लाक्पा निमा शेर्पा चौथो तथा ओखल्ढुंगाकी छोकी शेर्पा पाँचौं बने ।
दुवै समूहमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका कार्यकारी समितिका सदस्य एवं आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवर, राखेपका सदस्य अञ्जन धमला, चन्द्रबदना राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य–सचिव घिसिङले गरेका थिए ।
दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरीको मच्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएको थियो ।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भएको दौडमा नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, ४ राष्ट्रका ५ विदेशीलगायत गरी २ सय ६५ धावक–धाविकाको सहभागिता रहेको आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]