default_image

10 months ago

June 22, 2024

विपना र अरहान्तलाई उपाधि

1052 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोनशीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । अरहान्तले अमिरमाथि ११–५, ८–११, ११–७ र ११–४ को सेटमा जित निकाले ।

महिला एकलमा च्याम्पियन बन्ने क्रममा दोस्रो वरीयताकी विपनाले शीर्ष वरीयताकी स्वस्थानी श्रेष्ठलाई ३–० को सिधा सेटमा हराइन् । विपनाले स्वस्थानीलाई ११–६, ११–७ र ११–८ को सेटमा पराजित गरिन् । यससँगै विपनाले अघिल्लाे महिना आयाेजना भएकाे एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगितामा भाेगेकाे हारकाे बदला लिन सफल भएकी छिन् ।

पहिलाेपटक घरेलु स्क्वास खेलाडीहरुको वरीयता छुट्याउन आयाेजना भएकाे प्रतियोगिताकाे फाइनलमा हार भाेगेसँगै विपना शीर्ष वरीयतामा उक्लने अवसर समेत गुमाएकी थिइन् ।

विपनालाई पराजित गरेकी स्वस्थानीले एक वर्षसम्मको लागि शीर्ष वरीयता प्राप्त गरेका छन् । याे वरीयता २०८१ चैतसम्म कायम रहने स‌घले जनाएकाे छ ।

यु–१७ ब्वाइजमा सरोज लामा पहिलो भएका छन् । गार्भित अग्रवाल दोस्रो तथा सन्जय श्रेष्ठ र किशोर श्रेष्ठ तेस्रो भए । गल्स यु–१७ मा मेलिसा महर्जन पहिलो भइन् । रन्जना प्रजा दोस्रो तथा अर्पणा प्रजा र प्रतिक्षा प्रजा तेस्रो भइन् ।

४५ वर्षमाथि भेट्रान ओपनमा राजेन्द्र शाक्य पहिलो भए । उनले दिलिप अधिकारीलाई ११–३, ११–२ र ११–६ को सिधा सेटमा हराए ।

ओलम्पिक दिवस २०२४ को अवसर पारेर गत बुधबारदेखि आयोजना भएको च्याम्पियनसिपमा पुरुष खुल्ला, महिला खुल्ला, ४५ वर्ष माथि उमेर समूहको भेट्रान ओपन र ब्वाइज यु–१७ तथा गल्स यु–१७ इभेन्ट्स गरी पाँच विधामा प्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा नेपालका सबै वरीयता प्राप्त खेलाडीसहित कुल ६० जनाले सहभागिता जनाएका थिए ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.