9 months ago
June 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो सिजन सहिद स्मारक ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड एसियाली फुटबलको तेस्रो तहको महाद्वीपीय प्रतियोगिता एएफसी च्यालेन्ज लिगबाट एक जित टाढा रहेको छ ।
एएफसीले सार्वजनिक गरेको छनोट यात्रा अनुसार चर्च ब्वाइजले भुटानी लिग विजेता पारो फुटबल क्लब विरुद्धको छनोट खेल आयोजना गर्ने भएको हो । खेल अगस्ट १३ मा सिंगल लेग नकआउट ढाँचामा खेलाइनेछ ।
खेल चर्च ब्वाइजले घरेलु मैदानमा खेलाउने भनिएको छ । चर्च ब्वाइजले त्यसका लागि दशरथ रंगशालाको प्रयोग गर्नुपर्ने देखिन्छ । तर अगस्त १६ देखि साफ यु-२० च्याम्पियनशिप पनि नेपालमा हुँदैछ । त्यसकारण खेल चर्च ब्वाइजले नेपालमा, अर्थात रंगशालामा खेल्ने सम्भावना न्यून देखिन्छ ।
पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।
पारो विरुद्धको सो खेलमा जित हासिल गर्न सकेमा चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्ने पक्का हुनेछ । यस्तै अर्को प्रारम्भिक छनोट खेलमा अफगानिस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश-अटा खेल्नेछन् ।
समूह चरणका खेलहरू अक्टोबर २६ देखि नोभेम्बर २ मा केन्द्रीकृत स्थलमा हुनेछन् । यदि समूह चरणका लागि छनोट भएमा चर्च ब्वाइजले प्रतियोगिताको लागि न्यूनतम एक लाख अमेरीकी डलर प्राप्त गर्नेछ ।
एसियाली फुटबल महासंघले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गर्दै नयाँ तेस्रो तहको महाद्वीपीय पुरुष प्रतियोगिताको खेलहरूको मिति तय गरेको हो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]