9 months ago
June 9, 2024
एजेन्सी – अष्ट्रेलियाले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक ब्याटिङ गरे ।
ओपनरद्वय ट्राभिस हेड र डेविड वार्नरले आक्रमक सुरुवात दिलाएका थिए । पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर आउट भएपछि साझेदारी तोडिएको थियो । उनले १६ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोडे । हेडले १८ बलमा ३६ रन बनाए ।
कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए ।
जवाफमा राम्रो सुरुवात गरेपनि मध्यक्रम नचल्दा इंग्ल्यान्ड ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाउँदै पराजित हुन पुग्यो । आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो । उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
जाम्पाले साल्टलाई बोल्ड गरेर आफ्नो अर्को ओभरमा कप्तान बटलरलाई पनि आउट गरे । बटलरले २८ बलमा ४२ रनको योगदान दिएका थिए । विल ज्याक्स १० र जोनी बेयरस्टो ७ रनमा आउट भए ।
मोइन अलीले २५, ह्यारी ब्रुकले २० र लियाम लिभिंगस्टोनले १५ रन मात्र जोडे । प्याट कमिन्स र एडम जाम्पाले २-२ विकेट लिए ।
अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबायाको २ खेलमा २ अंक छ । इंग्ल्यान्डको १ अंक र ओमान अंकविहिन छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]