9 months ago
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै साविक विजेता टिप टप हेल्प नेपाल आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेको छ ।
शनिबार भएको फाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा नेपालीसँगै भारतीय र पाकिस्तानी खेलाडीको समिश्रण रहेको फाइनलको पहिलो सेटमा सुरुवाती अग्रता लिएपनि मध्यतिर पछि परेको हेल्प नेपालले अन्त्यतिर अग्रता लिदै सेट जित्न सफल भयो ।
१८–२० को स्थितिबाट हेल्प नेपालले २२–२० को अग्रता लिदै जित निकाल्न सफल भयो । दोस्रो सेट भने हेल्प नेपालले २०–२५ ले गुमाउन पुग्यो । सुरुवात प्रतिस्पर्धात्मक रहेपनि सेटको अन्त्यतिर गण्डकीले उच्च प्रदर्शन गर्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट हेल्प नेपालले २५–२० ले जित्दै खेलमा २–१ को अग्रता कायम गर्यो । चौथो सेट पनि हेल्प नेपालले २५–२० कै जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
यससँगै हेल्प नेपालले लिग चरणमा भोगेको हारको बदला लिएको छ । लिग चरणमा हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको थियो । उक्त खेलमा चोटका कारण मजहर अली खेलेका थिएनन् ।
उपाधिसँगै हेल्प नेपासले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गण्डकीले ४ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको पुलिसले २ लाख रुपैया हात पारेको छ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब आठौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ च्याम्पियन बनेको छ ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाएपनि पाँचौं सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यस जितसँगै पुलिसले लिग चरणमा भोगेको हारको बदला लिएको छ । लिग चरणमा एभरेस्ट ३–१ को सेटमा विजयी भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलको पहिलो सेट पुुलिसले २५–२१ ले जित्यो । दोस्रो सेट पनि २५–२३ ले जित्दै पुलिस उपाधितर्फ लम्कियो । तर, त्यसपछिको दुवै सेट एभरेस्टलाई २०–२५ र २०–२५ ले सुम्पदा खेल पाँचौं सेटमा लम्बियो । यि दुई सेटमा पुलिसको कमजोर प्रदर्शन रहँदा एभरेस्टले आफ्नो प्रदर्शनमा सुधार गरेको थियो ।
निर्णायक तथा पाँचौ सेट निकै रोमाञ्चक रहँदा पुलिसले १५–१२ ले बाजी मार्न सफल भयो । ६–७ को स्थितिमा निशा चौधरीको सर्भिस बाहिरियो । त्यसपछि कमला पुनको सर्भिसलाई मीना सुनारले बचाउन नसक्दा पुलिसले खेलमा अग्रता बनाउन सफल भयो ।
त्यसपछि १०–१० को बराबरीको स्थितिमा केपी अनुश्रीको स्पाइक बाहिरिदा र लगत्तै सुर्याको स्पाइक ब्लक हुँदा पुलिसले खेलमा १२–१० को अग्रता बनाउँदा जितको आधार तय बन्यो । त्यसपछि उषा भण्डारीले स्पाइकबाट दुई र सर्भिसबाट एक अंक बटुलेपछि पुलिस च्याम्पियन बन्न सफल भयो ।
पुलिससँगको हारसँगै एभरेस्ट कुनै पनि राष्ट्रिय प्रतियोगिता लगातार जित्नबाट वञ्चित बन्यो । एभरेस्ट गत चैतमा भएको आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुलिसलाई हराउँदै च्याम्पियन बनेको थियो ।
उपाधिसँगै पुलिसले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एभरेस्टले ४ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको एपिएफले २ लाख रुपैया हात पारेको छ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले तेस्रो स्थान हात पार्यो । शनिबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेट २५-१९, २५-२० र २५-१९ ले पराजित गर्दै एपिएफ तेस्रो भएको हो ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेकाे छ । शनिबार नै भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीमाथि ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को स्कोरलाइन सेटमा परास्त गरेको हो ।
१९ जेठबाट शुरु भएको लिगमा महिलातर्फ पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश गरी ६ टोली तथा पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।