default_image

9 months ago

June 8, 2024

एभरेस्टलाई हराउँदै पुलिस च्याम्पियन

1043 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब आठौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ च्याम्पियन बनेको छ ।

शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाएपनि पाँचौं सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यस जितसँगै पुलिसले लिग चरणमा भोगेको हारको बदला लिएको छ । लिग चरणमा एभरेस्ट ३–१ को सेटमा विजयी भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलको पहिलो सेट पुुलिसले २५–२१ ले जित्यो । दोस्रो सेट पनि २५–२३ ले जित्दै पुलिस उपाधितर्फ लम्कियो । तर, त्यसपछिको दुवै सेट एभरेस्टलाई २०–२५ र २०–२५ ले सुम्पदा खेल पाँचौं सेटमा लम्बियो । यि दुई सेटमा पुलिसको कमजोर प्रदर्शन रहँदा एभरेस्टले आफ्नो प्रदर्शनमा सुधार गरेको थियो ।

निर्णायक तथा पाँचौ सेट निकै रोमाञ्चक रहँदा पुलिसले १५–१२ ले बाजी मार्न सफल भयो । ६–७ को स्थितिमा निशा चौधरीको सर्भिस बाहिरियो । त्यसपछि कमला पुनको सर्भिसलाई मीना सुनारले बचाउन नसक्दा पुलिसले खेलमा अग्रता बनाउन सफल भयो ।

त्यसपछि १०–१० को बराबरीको स्थितिमा केपी अनुश्रीको स्पाइक बाहिरिदा र लगत्तै सुर्याको स्पाइक ब्लक हुँदा पुलिसले खेलमा १२–१० को अग्रता बनाउँदा जितको आधार तय बन्यो । त्यसपछि उषा भण्डारीले स्पाइकबाट दुई र सर्भिसबाट एक अंक बटुलेपछि पुलिस च्याम्पियन बन्न सफल भयो ।

पुलिससँगको हारसँगै एभरेस्ट कुनै पनि राष्ट्रिय प्रतियोगिता लगातार जित्नबाट वञ्चित बन्यो । एभरेस्ट गत चैतमा भएको आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुलिसलाई हराउँदै च्याम्पियन बनेको थियो ।

उपाधिसँगै पुलिसले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एभरेस्टले ४ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको एपिएफले २ लाख रुपैया हात पारेको छ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आज नै पुरुषतर्फको फाइनल हुँदैछ । फाइनलमा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछ । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो ।

यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले तेस्रो स्थान हात पार्यो । शनिबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेट २५-१९, २५-२० र २५-१९ ले पराजित गर्दै एपिएफ तेस्रो भएको हो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेकाे छ । शनिबार नै भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीमाथि ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को स्कोरलाइन सेटमा परास्त गरेको हो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.