default_image

4 months ago

June 6, 2024

नेपालविरुद्ध युएईको पहिलो हाफमा दुई गोल

462 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबको दम्माम शहर स्थित जारी फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा युएईले पहिलो हाफमा दुई गोल प्रहार गरेको छ । नेपालले पहिलो हाफमा नै दुई गोल खान पुगेको हो ।

पहिलो केही मिनेटमा रक्षापंक्तिमा संयमित रहेको नेपालले दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । हरिब अलमुसार्रक ले नै दुवै गोल गरे ।

१२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा फारपोस्टमा खाली रहेका अलमुसार्रक हेडर प्रहार गर्दै गोल गरे । बल सिधै किरण चेम्जोङको हाततर्फ गएपनि उनले गोल बचाउन सकेनन् ।

दुई मिनेट पश्चात उनले नै अग्रता दोब्बर बनाए । अली सलेहको उत्कृष्ट पासमा बक्समा रन बनाउँदै अलमुसार्रक ले अग्रता दोब्बर बनाए ।

३६औं मिनेट पछि नेपालले लगातार तीन मौका खेरा फाल्यो । विश्वकप छनोटको दोस्रो चरणमा पहिलो गोलको खोजीमा रहेको नेपालले मौकाको सदुपयोग भने गर्न सकेन ।

३६औं मिनेटमा सनिशको क्रसमा जिलेस्पी जंग कार्कीको प्रहार पोस्टको माथिबाट बाहिरियो । अर्को मिनेटमा नेपालले लगातार दुई प्रहार क्रसबारमा प्रहार गर्यो ।

सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडर क्रसबारमा लागेर फर्कियो । त्यसलगत्तै विशाल बस्नेतको प्रहारमा पनि बल ब्लक भएर क्रसबार बाधक बन्यो ।

नेपालका प्रशिक्षण भिन्सेन्जो अल्बर्टो अनेसेले आज बसन्त जिम्बालाई सुरुवाती रोजाइमा राख्दै डेब्यु दिएको थियो । तर दुई गोल पश्चात नेपालले २१औं मिनेटमा उनी सहित सौभाग्य राईलाई बाहिर निकाल्दै सनिश श्रेष्ठ र छिरिङ लामालाई मैदान प्रवेश गराएका थिए ।

घरेलु मैदानमा हुनुपर्ने यस खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.