default_image

10 months ago

June 5, 2024

डायमण्डमाथि आर्मीको पूनरागमन जित

423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –विभागीय त्रिभुवन आर्मी क्लबले चन्द्रागिरि नगरपालिका महिला भलिबल टिममाथि पूनरागन जित दर्ता गरेको छ ।

सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीले डायमण्डमाथि ३–२ को पूनरागमन जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलको पहिलो र दोस्रो सेट आर्मीले २५–२७ र २०–२५ ले गुमाएको थियो । तर, त्यसपछिको तीनै सेट आर्मीले क्रमश २५–१७, २५–२३ र १५–१२ को सेटमा आफ्नो पक्षमा पार्यो ।

दोस्रो जित निकालेको आर्मीले चार खेलबाट ६ अंक जोडेको छ । डायमण्डको यो लगातार चौथो हार हो । डायमण्डको चार खेलबाट २ अंक छ ।

बुधबारकै अर्काे खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २५–७, २५–६ र २५–८ को सेटमा सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ ।

लगातार चौथो जितसँगै ११ अंक जोडेर पुलिस शीर्षस्थानमा उक्लिएको छ । यस जितसँगै पुलिस फाइनलमा प्रवेश गरेकाे छ । एक खेल कम खेलेको एभरेस्ट भलिबल क्लबको ९ अंक छ ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.