10 months ago
May 26, 2024
काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ ।
पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ ।
जापानमा रहेका भलिबल खेलाडीलाई सक्रिय राख्न, प्रवामिा रहेका नेपालीहरुबीच आत्मीयता बढाउन, खेलकुदको संरक्षणसँगै प्रवद्र्धन र नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउन प्रतियोगिता आयोजना गर्न लागिएका समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी गराए ।
प्रतियोगिताको विजेताले ३ लाख ५५ हजार ५ सय ५५ जापानी येन, च्याम्पियन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख २२ हजार २ सय २२ येनसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई १ लाख ११ हजार १ सय ११ येन र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिवेरो र प्रशिक्षक सम्मानपत्रद्धारा सम्मानित हुनेछन् । नकआउटका आधारमा हुने एकदिने प्रतियोगितामा सहभागिताका लागि ४० हजार येन दर्ता शुल्क तोकिएको छ ।
पर्वत समाज जापानको टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका र आफ्नो समयमा घरेलु भलिबलमा चर्चा कमाएका देव माइला, मदन साउद, उमेश लामिछाने, बिकास केसी, निलम सिंहलगायतले खेल्नेछन् ।
नेपालबाट पनि पछिल्लो समय चर्चामा रहेका खेलाडी ल्याउने प्रयास भइरहेको समाजका सहायक प्रशिक्षक जीवन क्षेत्रीले जानकारी गराएको छ । टोलीको प्रशिक्षकमा अध्यक्ष सुभास लामिछाने नै टिम व्यवस्थापकमा चकलेटी अर्जुन रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]