8 months ago
May 19, 2024
ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्।
आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको समय निकाल्दै तेस्रो भइन् ।
राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डका दोस्रो भए । तेस्रो भएका धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्ड लगाए । दुवै विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए ।
महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो भइन्। आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।
यस्तै पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा भए ।
महिलाको ५ किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।
ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे । दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो ।
पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजार भन्दा बढी धावक धाविकाको सहभागिता थियो । त्यसमा १५ देशका धावक धाविक सहभागी थिए ।
कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं टुंगेको थियो । ललितपुर उप–महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौडका शुभारम्भ गरेका थिए ।
मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रकाश सायमीले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे ।
दौड राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र ललितपुर उप–महानगरपालिकाको सहयोगमा भएको हो । दौड प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]