10 months ago
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन सफल रहिन् । उनले २ अर्धशतक प्रहार गर्दा फाइनलमा समेत ७४ रन जोडेको थिइन् ।
यस्तै सुदुरपश्चिम प्रदेशकी सम्झना खड्काले उत्कृष्ट ब्याटरको उपाधि जितिन् । उनले ५ खेलमा २ अर्धशतक सहित १५६ रन बनाएको थिइन् ।
ललितपुर मेयर्स-११ की कृतिका मरासिनी ४ खेलमा ११ विकेट लिँदै उत्कृष्ट बलर घोषित हुन सफल रहिन् ।
प्रतियोगिताको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गर्दै जितेको थियो ।
यसअघिको तीनै संस्करण पनि एपिएफले नै जितेको थियो । एपिएफ प्रतियोगिता इतिहासमा २० खेल मध्य २० खेल नै जित्न सफल रहेको छ । पहिलो संस्करणमा कोशी प्रदेश फाइनलमा पराजित भएको थियो भने पछिल्लो दुई संस्करणमा सुदुरपश्चिमले नै फाइनलमा हार बेहोरेको थियो ।
एपिएफले राउण्ड रोबिन चरणमा सबै चार खेलमै जित दर्ता गरेको थियो । सुदुरपश्चिमले भने एपिएफ विरुद्ध हार बेहोरेपानी अन्य तीन खेल जितेको थियो ।
यी दुई टोलीबाहेक प्रतियोगितामा आयोजक ललितपुर मेयर्स-११, बागमती प्रदेश र कोशी प्रदेशको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]