default_image

10 months ago

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

1226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो।

नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको वृद्धि र विकास हुने विश्वास लिइएको गीता एभिएसनका महाप्रबन्धक अच्युत गुरागाईंले बताएका छन् ।

गीता एभिएसन पाईलट ट्रेनिङ, क्याबिन ट्रेनिङ र उडान क्षेत्रका सम्पूर्ण ट्रेनिङ गराउने संस्था हो ।

नेपालले आउँदो जुनमा हुने टि ट्वान्टी विश्वकप खेल्दै गर्दा सोमपाल दुवैपटक विश्वकप खेल्ने टोलीका एक मात्र खेलाडी हुन्। नेपाली टोलीले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी् विश्व कप खेलेको थियो । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका सोमपाल यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहेका छन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलरको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

हालसम्म नेपालले ८५ टि ट्वान्टी आई खेल्दा सोमपालले त्यसमध्य ६५ खेल खेलेका छन् । यसबीचमा चोटका कारण सोमपाल केही समय टोलीबाहिर पनि रहनुपरेको थियो । सन् २०२२ को विश्वकप छनोट नै गुमाएका उनले त्यसयता भने नियमित खेलिरहेका छन् ।

नेपाली टोली आज वेस्ट इन्डिज ए विरुद्ध पाँचौं खेल खेलेपछि वेस्ट इन्डिज तर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीको हिजो नै भव्यताका साथ नेपाल क्रिकेट संघ (क्यान) ले विदाई गरिसकेको छ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.