10 months ago
May 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ ।
विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको राष्ट्रिय लिगको यात्रा पक्का गरेका थिए ।
त्यस्तै लिगको अन्तिम खेलमा छनोट भइसकेको सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हरायो । सुदूरको जितमा मिना देउवा, विनिता बोहोरा र यशोदा चिरालले पहिलो हाफको २० मिनेटमै १-१ गोल गरेका थिए ।
अपराजित कोशी प्रदेश र सुदूरपश्चिम यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेका थिए । कोशीले ६ खेलमा १६ अंक जोड्दा सुदूरपश्चिमले १५ र कर्णालीले १२ अंक जोडे । बलियो मानिएको मधेश भने ९ अंकका साथ चौथो स्थानमा खुम्चियो ।
गण्डकीले ६ अंक जोड्दा लुम्बिनीले ३ र अंकविहिन गण्डकी पुछारमा रह्यो । अब छनोट भएका तीन टोलीले विभागका तीन टोली आर्मी, पुलिस र एपिएफसँग प्रतिस्पर्धा गर्नेछन् । लिगको मिति भने तोकिएको छैन ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]