default_image

4 months ago

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

2446 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ ।

डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप बिट गर्दै बनाएको रनमा उनले गोल गरेका थिए ।

श्लोटरबेकले दिएको पासलाई उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै शक्तिशाली प्रहार गरेर फुलक्रुगले डर्टमुण्डलाई अग्रता दिलाएका हुन् ।

गोल खाएपछि पिएसजीले खेलमा निकै मौकाहरु खेर फाल्यो । उता डर्टमुण्डले पनि अग्रता बढाउने अवसरहरुको सदुपयोग गर्न सकेन ।

५१औं मिनेटमा लगातार दुई पटक पिएसजीका किलियन एम्बाप्पे र अचर्याफ हकिमीले पोस्टमा प्रहार गरेका थिए । ५६औं मिनेटमा फाबियान रुइजले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।

६०औं मिनेटमा डर्टमुन्डका जेडन सान्चोको पासमा फुलक्रुगले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे । छ मिनेटपछि उनकै हेडर प्रयास पनि पोस्ट भन्दा माथिबाट बाहिरियो ।

८१औं मिनेटमा पिएसजीका उसमान डेम्बेलेले पनि राम्रो अवसर खेर फाले । हकिमीको पासमा उनले पेनाल्टी स्पट नजिकबाट पोस्ट भन्दा माथि प्रहार गरे ।

८४औं मिनेटमा डर्टमुण्डका जुलियन ब्रान्ड्ट र मार्को रुइसले लगातार दुई मौका खेर फाले ।

दोस्रो लेग अर्को हप्ता पिएसजीको मैदानमा हुनेछ । यस टाईको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.