10 months ago
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् ।
व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व रह्यो । एपिएफकी कविता भट्ट सर्भर, जस्ना महतो सेटर र महेश चौधरी उत्कृष्ट प्रशिक्षक बने ।
पुलिसकी लक्ष्मी चन्द स्पाइकर र शान्तिकला तामाङ लिवेरो भन्दा न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर चुनिइन् । व्यक्तिगत विधाका सबै विजेताले समान २५ हजार रुपैयाँसँगै ट्रफी हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ छैटौंपटक च्याम्पियन बन्न सफल भयो ।
वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० मा चारपटक उपाधि र तीनपटक उपविजेता बनेको थियो ।
एपिएफ २५–२२, २६–२४ र २५–१९ ले विजयी भयो । एपिएफकी पुजा चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
यसअघि लगातार पाँचपल्ट च्याम्पियन बनेको एपिएफ छैटाैं सस्करणमा भने उपविजेतामा सीमित बनेको थियो । त्यसबेला चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले एपिएफको विरासत तोड्दै पहिलो पटक फाइनल पुग्दा पहिलोमै च्याम्पियन बन्न सफल भएको थियो ।
यता, पुलिसले पाँचपल्ट फाइनल खेलेपनि उपाधि भने जित्न सकेन । पुलिस सबै पाँच संस्करणमा एपिएफसँग नै पराजित हुन पुगेको छ । पाँचौं संस्करणमा आर्मीले फाइनल खेलेको थियो ।
उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ । शनिबारै डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
शेर बहादुर खड्का स्मृति प्रतिष्ठानकाे आयाेजनामा १२ बैशाखबाट राउन्ड राेविन लिगकाे आधारमा शुरु भएकाे प्रतियोगितामा नेपालका शीर्ष चार महिला भलिबल टाेलीले सहभागिता जनाएका थिए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुको सहयोग रहेको थियो ।
प्रतियोगिताको उत्कृष्टहरु
सर्वाेत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
स्पाइकर – लक्ष्मी चन्द (पुलिस)
ब्लकर – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
सर्भर – कविता भट्ट (एपिएफ)
सेटर – जस्ना महतो (एपिएफ)
लिबेरो – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।