11 months ago
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राख्दा अर्काे खेलमा आर्मीलाई हराएर उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलको पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भएको थियो । पुलिसले दोस्रो सेट १७–२५ ले गुमाउन पुग्यो । तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै पुलिस जित नजिक पुग्यो । चौथो सेटमा पनि पुलिसले २५–१३ को एकपक्षीय जित निकाल्यो ।
पुलिसकी लक्ष्मी चन्द प्लेयर अफ दि म्याच भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् । यस जितसँगै पुलिसले ३ खेलबाट ६ अंक बटुल्यो । आर्मीले १ अंक मात्रै जोड्न सक्यो ।
आज नै राउन्ड रोविन लिगको अन्तिम खेलमा साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम र साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबबीच खेल हुनेछ ।
यस खेलमा जित हात पार्ने टोली फाइनलमा पुग्नेछ । ३–२ को सेटमा पराजित भएको अवस्थामा पनि एपिएफ फाइनलमा पुग्नेछ । न्यु डायमण्डलाई भने स्पष्ट ३ अंकको खाँचो छ । एपिएफको ५ तथा न्यु डायमण्डको ३ अंक छ ।
शनिबार फाइनल र तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरु भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विजेताले गत वर्ष भन्दा १ लाख ९९ हजार रुपैयाँ बढी प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]