10 months ago
April 24, 2024
गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको पुरुषतर्फको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्यो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
महिलामा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको महिलाको फाइनलमा पर्वतले म्याग्दीलाई ३–२ को सेटमै पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।
उपाधिसँगै नवलपुर र पर्वतले समान १ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता स्याङ्जा र म्याग्दीले ७५ हजार रुपैया, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दी र स्याङ्जाले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पुरुषमा म्याग्दी र महिलामा स्याङ्जाले तेस्रो स्थान हासिल गर्याे ।
पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलामा पर्वतकी रिमा कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले समान ले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत विधामा पुरुषतर्फ स्याङ्जाका सञ्जुविक्रम शाह स्पाइकर, नवलपुरका दानबहादुर गाहा सेटर, म्याग्दीका देवेन्द्र बुढा मगर सर्भर, नवलपुरका सरोज बर्देवा ब्लकर, स्याङ्जाका राजन दर्लामी मगर लिवेरो र नवलपुरका राम नारायण महतो उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाया प्राप्त गरे ।
महिलामा म्याग्दीकी रञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी विना पुलामी सेटर, स्याङ्जाकी सोइङ थापा सर्भर, म्याग्दीकी मनिषा तिलिजा ब्लकर, स्याङ्जाकी जायरा निशा लिवेरो र पर्वतका जगदीश सुवेदी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्मा र नेपाल भलिबल संघका उपाध्यक्ष गौतम प्रसाद लासिवालगायतले पुरस्कृत गरे ।
१० बैशाखबाट शुरु भएको प्रतियोगितामा पुरुष र महिलातर्फ गण्डकी प्रदेशका समान १० जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।
प्रदेश खेलकुद विकास परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति गोरखा, जिल्ला भलिबल संघ गोरखाले समन्वय गरेको थियो ।
गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उत्कृष्टहरु
सर्वाेत्कृष्ट – हिमाल सुनारी (नवलपुर) र रिमा कुँवर (पर्वत)
स्पाइकर – सन्जु विक्रम शाह (स्याङ्जा) र रन्जना बोटे (म्याग्दी)
सेटर – दान बहादुर गाहा (नवलपुर) र मिना फगामी (पर्वत)
सर्भर – देवेन्द्र बुढा मगर (म्याग्दी) र सोइङ थापा (स्याङ्जा)
ब्लकर – सरोज बर्देवा (नवलपुर) र मनिषा तिलिजा (म्याग्दी)
लिवेरो – राजन दर्लामी मगर (स्याङ्जा) र जायरा निशा (स्याङ्जा)
प्रशिक्षक – राम नारायण महतो (नवलपुर) र जगदिश सुवेदी (पर्वत)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।