default_image

11 months ago

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

1506 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका सौरभ ले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।

सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्तीमगरको पासमा सौरभले पेनाल्टी बाहिरैबाट बललाई पोष्टको दिशा दिएका थिए । मच्छिन्द्रको प्रयासलाई रोक्न पेनाल्टी बक्स बाहिरै पुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।

८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेण्डर विमल पाण्डेले मच्छिन्द्रका विमललाई पेनाल्टी बक्समा लडाएपछि एन्फा रेफ्री उमेश विंडारीले मच्छिन्द्रलाई पेनाल्टी दिएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथिबाट गयो ।

राष्ट्रिय टोलीका चर्चित अनुहारहरु सिमरा रङ्गशालामा उत्रँदा रङ्गशालामा उपस्थित ५ हजार बढी दर्शक उत्साहित देखिन्थे ।

प्लेयर न अफ दि म्याच बनेका मच्छिन्द्रका मनिष डाँगीले १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामस बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबकाबीच खेल हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.