7 months ago
April 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् ।
एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।
नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित उक्त एकेडेमीसँग आफु जोडिन पाएकोमा खड्काले संचालक गौरव बस्नेत तथा एकेडेमीका स्पोर्ट्स एडभाईजर सुबास न्यौपानेलाई धन्यवाद दिएका छन् ।
एकेडेमीको प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा बीच खड्काले भने, ‘म टिप–टो स्पोर्ट्स एकेडेमीसँग आबद्ध हुन पाउँदा धेरै खुशी छु किनकि म एकेडेमी खेलको जग हो भन्नेमा दृढ विश्वास गर्छु ।’
‘ग्रासरुट लेभलबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने भविष्यका खेलाडीहरू विकास गर्न टिप–टो धेरै समर्पित भएकोमा म खुसी छु’, खड्काले थपे ।
खड्काको विशेषज्ञता र अनुभवका कारण नै उनलाई एकेडेमीसँग जोडिएको संचालक बस्नेतले बताए । ‘उहाँको विशेषज्ञता र अनुभवले एकेडेमीलाई भविष्यका खेलाडीहरू विकास गर्न एकेडेमीले स्थापित गरेको कोसेढुङ्गामा पुग्न निश्चित रूपमा मद्दत गर्नेछ’, बस्नेतले भने ।
टिप-टो स्पोर्ट्स एकेडेमी २०२१ मा स्थापित भएको थियो ।
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]