11 months ago
April 1, 2024
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो ।
अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे ।
पछिल्लो दुई सातामा ढोरपाटनको यो दोस्रो उपाधि हो । दुई साताअघि ढोरपाटनले आठौं तोरनल्ह रनिङ कप भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।
उपाधिसँगै ढोरपाटनले २ हजार ५ सय अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ५ सय डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
ढोरपाटनका निश्चल सापकोटा सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १ सय अस्ट्रेलियन डलर प्राप्त गरे । ढाेरपाटनकै विश्व घर्तीमगर सेटर माधव पुन सर्भर र सराेज घर्तीमगर उत्कृष्ट लिवेराे चुनिए । उनीहरुले ५० अस्ट्रेलियन डलर प्राप्त गरे ।
अस्ट्रेलियामा रहेका बागलुङ गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा भएको एक दिने प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितालाई नमस्ते ज्वेलर्सले मुख्य प्रायोजन गरेको थियो । बिएनबी होम लोन, एएलडी कर्पाेरेट, वल्ड दरवार, हाम्रो रेमिट, दा भिन्ची टुर्स एण्ड ट्राभल्स, ग्लोबल कन्सल्ट एजुकेसन एण्ड भिजा, लालटिन कजिन, युनिक होम्स, डिबि सर्भिस ग्रुप र एभरेस्ट तन्दुरीले पनि साथ रहेको थियो ।
पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको निकै लोकप्रियता बढ्दै गइरहेको छ । विभिन्न क्लबहरुले प्रतियोगिताहरु आयोजना गर्दै गइरहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]