1 year ago
March 24, 2024
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ ।
आइतबार प्रतियोगितामा सहभागिता जनाउने १२ टोलीको टुंगो र खेल तालिका सार्वजनिक गरिएको छ । १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा थकाली सेवा समिति, जलजला परिवार, पर्वत बेनी, मोना अस्ट्रेलिया, आयोजक गल्कोट समाज अस्ट्रेलिया र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् ।
समूह ‘बी’ मा छन्त्याल परिवार अस्ट्रेलिया, गोल्डेन ब्वइज, म्याग्दी काली, दि गोर्खा स्पोर्ट्स क्लब ‘ए’ र ‘बी’ सँगै पोखरा भलिबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले २ हजार ५ सय अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ हजार ५ सय डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । सर्वाेत्कृष्ट खेलाडीले १ सय अस्ट्रेलियन डलर तथा व्यक्तिगत विधाका उत्कृष्टहरुले ५० अस्ट्रेलियन डलर पाउनेछन् ।
प्रतियोगितालाई नमस्ते ज्वेलर्सले मुख्य प्रायोजन गरेको छ । बिएनबी होम लोन, एएलडी कर्पाेरेट, वल्ड दरवार, हाम्रो रेमिट, दा भिन्ची टुर्स एण्ड ट्राभल्स, ग्लोबल कन्सल्ट एजुकेसन एण्ड भिजा, लालटिन कजिन, युनिक होम्स, डिबि सर्भिस ग्रुप र एभरेस्ट तन्दुरीले पनि सहयोग गरेको छ ।
पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको निकै लोकप्रियता बढ्दै गइरहेको छ । विभिन्न क्लबहरुले प्रतियोगिताहरु आयोजना गर्दै गइरहेको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]