11 months ago
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन मध्यम रहँदा फखरउद्दिनले फाइनलमा उच्च प्रदर्शन गरेका थिए । एभरेस्टकी केपी अनुश्रीले आँफुले खेलेको सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् ।
फखरउद्दिन दुई महिनाअघि पोखरामा सम्पन्न चौथो टाइगर कपमा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । पहिलोपल्ट नेपाली क्लबबाट खेलेकी केपी अनुश्री पहिलो सहभागितामै सर्वाेत्कृष्ट खेलाडी बनिन् । सर्वाेत्कृष्ट दुवैले समान ४० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पाए । पुरुष र महिला दुवैतर्फको विधागत उत्कृष्टले जनही १५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनलमा तीन पाकिस्तानी खेलाडीसम्मिलित टिप टप हेल्प नेपालले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भयो ।
हेल्प नेपालले आर्मीमाथि २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । आँठौं संस्करणसम्मको च्याम्पियनसिपमा हेल्प नेपाल तेस्रोपटक च्याम्पियन बनेको हो । यसअघि हेल्प नेपाल २०७३ र २०७६ मा च्याम्पियन बनेको थियो ।
यता, महिलामा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ ।
आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो ।
यसअघि आफ्नै खेलाडीमा खेल्दै आएको एभरेस्टले यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित कप्तान अरुणा र भारतीय राष्ट्रिय टोलीका तीन खेलाडीलाई टोलीमा समेट्दा उपाधि जित्न सफल भएको हो ।
पहिलोपल्ट च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ को सेटमा हरायो । 4
एभरेस्टले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्यो । पुरुषतर्फ पुलिस र महिलामा नेपाल एपिएफ क्लब तेस्रो भएको छ । पुलिसले गण्डकी प्रदेशलाई शनिबार २५–१५, २५–२० र २९–२७ ले पराजित गरी तेस्रो स्थान हासिल गर्यो ।
पुरुष र महिलाको विजेता हेल्प नेपाल र एभरेस्टले समान ५ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको आर्मी र पुलिसले समान २ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो भएको पुलिस र एपिएफले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलगायतले पुरस्कृत गरे ।
महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत ३ गतेबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता रहेको थियो ।
खेल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको
महिलातर्फ
सर्वाेत्कृष्ट – केपी अनुश्री (एभरेस्ट)
स्पाइकर – उषा भण्डारी (पुलिस)
सेटर – अरुणा शाही (एभरेस्ट)
सर्भर – सरस्वती चौधरी (एपिएफ)
ब्लकर – सुर्या (एभरेस्ट)
लिवेरो – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – अर्जुन घिमिरे (एभरेस्ट)
पुरुषतर्फ
सर्वाेत्कृष्ट – फखरउद्दिन (हेल्प नेपाल)
स्पाइकर – उस्मान फरयाद अली (हेल्प नेपाल)
सेटर – इम बहादुर राना (पुलिस)
सर्भर – धन बहादुर भट्ट (आर्मी)
ब्लकर – दुर्गा बहादुर खड्का (आर्मी)
लिवेरो – टोप बहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]