default_image

10 months ago

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

4977 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ ।

तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलको पहिलो सेटमा आर्मीले सानदार प्रदर्शन गर्दा हेल्प नेपालमाथि २५–२० को सहज जित निकाल्यो । आर्मीले स्पाइक, ब्लक र डिफेन्समा सानदार प्रदर्शन गर्दै सेटलाई आफ्नो पक्षमा ढल्काए । आमीले विशेष गरी स्पाइकर उस्मान फरयाद अलीलाई रोक्न सफल भएका थिए ।

पहिलो सेटमा बिर्सनलायक प्रदर्शन गरेको हेल्प नेपाल दोस्रो सेटमा भने खेलमा फर्कियो । १८–२२ ले पछि परेको स्थितिमा लगातार ५ अंक बटुल्दै २३–२२ ले अग्रता लिदै २७–२५ ले सेट जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए ।

तेस्रो सेटमा हेल्प नेपाल अग्रतामा रहेपनि आर्मीले पूनरागमन गर्दै जित निकाल्न सफल भयो । १३–१७ को स्थितिबाट आर्मीले २३–२० को अग्रता लिदै २५–२३ ले सेट आफ्नो पक्षमा पार्दै खेललाई २–१ ले अघि बढाए ।

चौथो सेटमा हेल्प नेपाल एक समय ८–० को आरामदायी अग्रता लिएपनि आर्मीले सानदार प्रदर्शन गरेपनि सेट जित्न सकेन । सुरुवातमै ८–० ले पछि परेको आर्मीले सेटलाई २२–२२ को बराबरीमा ल्याए ।

त्यसपछि हेल्प नेपालले २४–२२ को स्थितिमा रहँदा आर्मीले अंक बटुल्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि हेल्प नेपालले पाँच म्याच प्वइन्टमा सेट २९–२७ ले जित्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउदा खेल पाँचौं सेटमा लम्बियो । पाँचौं सेट पनि निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।

आर्मीले सुरुवाती अग्रता लिदा हेल्प नेपालले ९–९ को बराबरीमा भेट्टाए । त्यसपछि बराबरीकै अवस्थाबाट हेल्प नेपाल लगातार म्याच प्वइन्टमा पुग्दा २२–२० को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । हेल्प नेपालका फखर उद्दिन केल्मी प्लेयर अफ दि म्याच घाेषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर पाए ।

च्याम्पियन बनेसँगै हेल्प नेपालले ५ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको पुलिस १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

आज नै पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२० र २९–२७ ले पराजित गरी तेस्रो स्थान हासिल गरेको थियो ।

महिलातर्फ नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ ।
आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो ।

यसअघि आफ्नै खेलाडीमा खेल्दै आएको एभरेस्टले यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित कप्तान अरुणा र भारतीय राष्ट्रिय टोलीका तीन खेलाडीलाई टोलीमा समेट्दा उपाधि जित्न सफल भएको हो ।

पहिलोपल्ट च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो । एभरेस्टले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलको पहिलो सेट एभरेस्टले १९–२५ ले गुमाउन पुगेको थियो । तर, त्यसपछि एभरेस्टको विशेष गरी मिडल ब्लकर सुर्या र केपी अनुश्रीको प्रदर्शन सानदार रह्यो ।

दोस्रो सेटमा एभरेस्ट एक समय ११–६ ले अघि रह्यो । त्यसपछि १७–१७ को बराबरीबाट पुलिस अघि बढेपनि सुर्या र केपी अनुश्रीको सानदार प्रदर्शनमा एभरेस्टले दोस्रो सेट २५–२२ जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए ।

तेस्रो सेटमा पनि एभरेस्टको सुरुवात राम्रो रह्यो । १०–३ ले अघि रहँदा पुलिसले पूनरागमन प्रयास गर्दै खेललाई १०–७ को स्थितिमा ल्याए । तर, त्यसपछि पुलिसको प्रदर्शन फितलो बन्दा एभरेस्टले तेस्रो सेट २५–१८ ले सहजै जित्दै खेलमा २–१ को अग्रता लिन सफल भयो ।

चौथो सेटमा पनि एभरेस्टको सुरुवात निकै राम्रो रहँदा ७ अंकको आरामदायी अग्रता लिदै खेलमा पकड जमायो । पुलिसले पूनरागमन प्रयास गरेपनि सफल नहुँदा एभरेस्टले २५–१९ को सहज जित निकाल्न सफल भयो ।

महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।

पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत ३ गतेबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

Success

Thank you for your time.