8 years ago
January 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – हिरो कान्तिपुर हाफ-म्याराथनको सातौँ संस्करणको महिला र पुरुष हाफ म्याराथनको विजेताले नगद रु.५०,०००का साथै हिरो ड्यास स्कुटर प्राप्त गर्ने भएका छन्।
आज आयोजित प्रतियोगिताको प्रेस सम्मेलनमा गतवर्षझैं हाफ म्याराथन(२१.१ किमी), कर्पोरेट-मिडिया (५ किमी) र व्हिल चियर (३ किमी) विधामा महिला र पुरुष दुवैतर्फा प्रतिस्पर्धा हुने जानकारी दिइयो। १८ वर्ष माथिका नेपाली नागरिक जोकोहीले पनि भाग लिन पाउने यस म्याराथनको दर्ता माघ १५ गतेदेखि सुरु भइसकेको छ। फाल्गुन १ सम्म खुला रहने दर्ता प्रक्रियाको लागि कान्तिपुर पब्लिकेसनको कार्यालय थापाथलीमा गएर वा kantipur-marathon.kmg.com.np बाट फाराम डाउनलोड गर्न पनि सकिनेछ।
विगतमा तिनकुने बाट सुरु हुने हाफ म्याराथन भने यसपाली थापाथलीबाट सुरु हुनेछ। कान्तिपुरको कार्यालय थापाथली सारेकाले रुट परिवर्तन गर्नु परेको आयोजक कमिटीले जानकारी दियो। नया रुटसंगै पुराना संस्करणका कोर्ष रेकर्डलाई मान्यता नदिने र यस संस्करणमा राष्ट्रिय रेकर्ड बनेको खण्डमा नगद रु. २५,००० थप पुरस्कार प्रोत्साहन स्वरुप छ। गतवर्ष किर्तिमान तोड्नेलाई दिने भनिएको स्कुटर भने यो संस्करणमा विजेतालाई दिइने छ। २०७२ सालमा पुरुष तर्फको उपाधि गोपिचन्द्र पार्कीले जितेका थिए भने महिलातर्फ रेशु बस्नेत प्रथम भएकि थिइन।
प्रतियोगिताको विजेताहरुलाई निम्नासुर पुरष्कृत गरिनेछ:
हाफ म्याराथन | ||
स्थान | महिला | पुरुष |
१ | नगद रु. ५०,००० र हिरो ड्यास स्कुटर | नगद रु. ५०,००० र हिरो ड्यास स्कुटर |
२ | नगद रु. ३०,००० र लीएगो मोबाइल | नगद रु. ३०,००० र लीएगो मोबाइल |
३ | नगद रु. २०,००० र लीएगो मोबाइल | नगद रु. २०,००० र लीएगो मोबाइल |
४ | नगद रु. १०,००० | नगद रु. १०,००० |
५ | नगद रु. ५,००० | नगद रु. ५,००० |
६ | नगद रु. ३,००० | नगद रु. ३,००० |
व्हिल चियर रेस | ||
स्थान | महिला | पुरुष |
१ | नगद रु. २०,००० | नगद रु. २०,००० |
२ | नगद रु. १०,००० | नगद रु. १०,००० |
३ | नगद रु. ५,००० | नगद रु. ५,००० |
कर्पोरेट/मिडिया | ||
स्थान | महिला | पुरुष |
१ | दुबई वा सिङ्गापुर टिकट | दुबई वा सिङ्गापुर टिकट |
२ | पोखरा हवाई टिकट | पोखरा हवाई टिकट |
३ | माउन्टेन फ्लाईट | माउन्टेन फ्लाईट |
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]