1 year ago
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधिको बलियो दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।
हेल्प नेपालले पहिलो सेट २५–१८ ले तथा दोस्रो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा भने निकै संघर्ष गर्नुपरेको थियो ।
तेस्रो सेटमा बुढानिलकण्ठले सानदार प्रदर्शन गर्दा हेल्प नेपाल एक समय ५ अंकले पछि परेको थियो । तर, त्यसपछि सानदार पूनरागमन गर्दै खेललाई १८–१८ बराबरी ल्याए ।
त्यसपछि हेल्प नेपालले २१–२१ को बराबरीबाट खेलमा अग्रता बनाएर २५–२३ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । हेल्प नेपालका उस्मान फरयाद अली केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे।
आज नै महिलातर्फ नेपाल पुलिस क्लब र चन्द्रागिरि न्यु डायमण्डले सफलता हात पार्दै आ–आफ्नो समूहको विजेता बनेका छन् । विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा हराउँदै पुलिस समूह ‘ए’ को विजेता बन्दा पराजित आर्मी र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।
यो समूहबाट तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब समूहको उपविजेता बनेको छ । यस्तै मधेश प्रदेशलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह बीको विजेता बन्दै एभरेष्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ ।
अब सेमिफाइनलमा पुलिस र एपिएफ तथा न्यु डायमण्ड र एभरेस्टबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भए र अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]