1 year ago
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘सी’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिसले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पुलिससँगको हारको बावजुत पनि बुढानिलकण्ठ समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले बुढानिलकण्ठमाथि २५–१९, २५–१४ र २५–२२ को सहज जित निकाल्यो । पुलिसका कप्तान इम बहादुर राना खेलकाे प्लेयर अफ दि म्याच घाेषित भएका छन् । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
समूह ‘सी’ मा पुलिसले दुई खेलबाट ६ अंक बटुल्यो । समान खेलबाटै बुढानिलकण्ठले ३ अंक जोड्दा कर्णाली प्रदेश र जित र अंकविहीन हुँदै बाहिरिएको छ । यसअघि पुलिस र बुढानिलकण्ठले कर्णालीलाई नै पराजित गरेको थियो ।
अब पुलिसले क्वाटरफाइनलमा समूह ‘ए’ को उपविजेता तथा बुढानिलकण्ठले समूह ‘ए’ को विजेतासँग खेल्नेछ । समूह ‘ए’ मा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् ।
आज नै गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब, आर्मी र न्युटन एकेडेमी तथा एपिएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।
आज नै महिलातर्फ तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–१७, २५–१७ र २५–२२ ले पराजित गरेको छ । यस्तै चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले नेपाल एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५ र २५–२३ ले पराजित गरेको छ ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।
समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]