12 months ago
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा विदेश भ्रमणको खास आकर्षण रहने गर्छ । अझ अखिल नेपाल फुटबल संघ (एन्फा) को टोली भने समय समयमा अस्वभाविक रुपमा ठूलो रहने गर्दछ ।
यसपटक विश्वकप छनोट खेलका लागि बहराइन जाने क्रममा पनि त्यस्तै तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले नै जनाएको छ । विश्वकप छनोटका खेलअघि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीसँगै पदाधिकारी र कर्मचारी गरि १० जना थप जान लागेको बताइएको छ । कन्ट्रोल फन्डिङमा चल्न बाध्य एन्फा पदाधिकारी र अन्यलाई विदेश सेयर गराउन भने उदार रहँदै आएको छ ।
फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष दीपक खतिवडा, सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिर, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिल लोप्चन र एन्फा कर्मचारी ज्ञानु राई छन् ।
कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लग्दै आएको हो । अन्य पदाधिकारी भने विना भूमिका त्यसतर्फ जाँदै छन् ।
बहराइनसँग फिफा विश्व कप र एएफसी एयियन कप छनोटको दुई खेलका लागि नेपाली टोलीले मलेसियामा तयारी गर्ने भएको छ । त्यसका लागि आज त्यसतर्फ जाने टोलीमा पदाधिकारी र अन्य गरि थप १० जना जान लागेका बताइएको छ । फिफा विश्व कप र एएफसी एसियन कप छनोट खेल्न जाने टोलीको नाम भने अहिले सम्म सार्वजनिक भएको छैन ।
दुवै खेल बहराइनमा खेल्ने
नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको छ । पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ ।
यसै महिना एसियाली फुटबल महासंघका प्रतिनिधीले दशरथ रंगशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्ने भएको छ । त्यसका लागि एन्फाले मंगलबार टोलीको विदाई समेत राखेको छ ।
समयमा दरशथ रंगशाला उपलब्ध नभएको कारण मैदान तयार पार्न नसकेको वहाना गर्दै आएको एन्फा आफैले अन्य कार्यक्रमका लागि मैदान उपलब्ध गराइदिन राखेपलाई सिफारिस गरेको पत्र सार्वजनिक भएको छ।
पुस १४ गते एन्फा सहायक महासचिव अरुणमान जोशीले माघ २१ गतेदेखि फागुन ८ सम्म दरथ रंगशाला नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसनले आयोजना गरेको प्रि स्कुलका बालबालिकका लागि विन्टर ओलम्पिक कार्यत्रक्रमलाई उपलब्ध गराइदिन सिफारिस गरेका थिए ।
त्यस्तै एन्फा महासचिव किरण राईले फागुन १५ गते राखेपलाई पत्रचार गर्दै केपी ओली कप फुटबलको सेमिफाइनल र फाइनल खेलका लागि दशरथ रंगशाला उपलब्ध गराउन सिफारिस गरेका थिए । महासचिव राईले नै फागुन १७ गते अर्को पत्र लेख्दै विश्व मृगौला दिवसको उपलक्ष्यमा चैत १ गते आयोजना हुने १४ औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता सन्चालनका लागि दशरथ रंगशाला उपलब्ध गराउन सिफारिस गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।