12 months ago
March 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता तोरनल्ह भलिबल रनिङ कप २०२४ आयाेजना हुने भएकाे छ ।
एक दिने तोरनल्ह भलिबल रनिङ कप ओबर्नस्थित ओबर्न बास्केटबल सेन्टरमा मार्च १७ तारिख अर्थात चैत ४ गते आइतबार हुनेछ ।
थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायकाे महान पर्व तोरनल्हको अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुदका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेकाे छ ।
तोरनल्ह भलिबल रनिङ कप २०२४ मा यसपटक अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ । आयोजक थकालीले आइतबारै सहभागी १२ टोलीको टुंगो लगाउँदै टाइसिट समेत ‘ड्र’ गरेको छ । सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा म्याग्दी काली युनाइटेड, ढोरपाटन क्लब अष्ट्रेलिया, पर्वत बेनी भलिबल क्लब, सनराइज क्लब, छन्त्याल परिवार अष्ट्रेलिया र जलजला परिवार अष्ट्रेलिया रहेका छन् ।
यस्तै समूह ‘बी’ मा गोल्डेन ब्वाइज, आयोजक थकाली सेवा समिति, मोना अष्ट्रेलिया, गल्कोट स्पोर्ट्स क्लब, पोखरा भलिबल क्लब र दि गोर्खा स्पोर्ट्स क्लब रहेका छन् ।
तोरनल्ह भलिबल रनिङ कपको विजेताले ३ हजार अष्ट्रेलियन डलरसँगै रनिङ कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय अष्ट्रेलियन डलरसँगै कप र मेडल प्राप्त गर्नेछ । तोरनल्ह भलिबल रनिङ कपको सर्वाेत्कृष्ट खेलाडीले १ सय अष्ट्रेलियन डलर प्राप्त गर्नेछ ।
तोरनल्ह भलिबल रनिङ कपलाई स्ट्राथफिल्ड भेजी सेड र हर्ष्टभिल भेजी सेडले मुख्य प्रायोजन गरेको छ । गोल्ड स्पोन्सरमा एएलडी र डायमन्ड स्पोन्सरमा ग्रेज गोट्स रहेका छन् ।
यस वर्ष थकाली सेवा समिति अष्ट्रेलियाले अन्तर चन (गौचन, शेरचन, भट्टचन र तुलाचन) आर्चरी प्रतियोगिता आयोजना गरिसकेको छ । थकाली सेवा समितिले यसअघि फुटबल पनि आयोजना गरिसकेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।