default_image

12 months ago

March 2, 2024

मछिन्द्रलाई दोस्रो पटक केपी ओली कपको उपाधि

1554 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो ।

मछिन्द्र टाइब्रेकरमा ५-४ ले विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको थियो ।

निर्धारित ९० मिनेटमा मछिन्द्रकै प्रभुत्व रहेको थियो । धेरै मौकाहरु सिर्जना गरेपनि मछिन्द्रले गोल भने गर्न सकेन । उता एनआरटीले पनि केही मौकाहरु पाएको थियो ।

टाइब्रेकरमा मछिन्द्रले ५ र एनआरटीले ४ पेनाल्टीमा गोल गरेपछि एनआरटीका विवेक गुरुङले पेनाल्टी लिनका लागि अघि सरेका थिए । तर उनको पेनाल्टी पोस्ट भन्दा केही टाढाबाट बाहिरिएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरेका थिए भने एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

मछिन्द्रले उपाधि सहित ११ लाख रुपैयाँ हात पारेको छ भने एनआरटी ५ लाखमा सिमित हुन पुगेको छ । गत संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई हराउँदै उपाधि उचालेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.